गजल

खोज्दाखोज्दै

ढिला भएछ तिम्रो दिलमा आउन खोज्दा खोज्दै

सँगसँगै ख्याल ठट्टा गर्दै सताउन खोज्दा खोज्दै

लाग्यो छुट्टिनलाई बाहाना खोज्दै रहिछ्यौ तिमी

हतार गरि छोड्यौ जब सम्झाउन खोज्दा खोज्दै

तिम्रो सिउँदो भर्ने हक अर्कैलाई दिने भइछ्यौ

मेरा यी हात तयार छन् बताउन खोज्दा खोज्दै

लाग्थ्यो म सँगै जीवन कटाउने तिम्रो नि रहर छ

गलत सावित गर्यौ दिलमा सजाउन खोज्दा खोज्दै

भविष्यको के भरोसा जिन्दगी अहिल्यै पो रहिछ

जिम्मेवारी बढ्ने रहिछ रमाउन खोज्दा खोज्दै ।


FacebookInstagram

लब गर्न मन छ

सेटिङ डेटिङ मया प्रेम सब गर्न मन छ

मलाई पनि आजकाल किन लब गर्न मन छ

फूर्ती लाउँछन् सबैजना यस्तो उस्तो भनि

आखिर मायामा हुन्छ के अनुभव गर्न मन छ ।

के जानु खै (अफिस), कामै गर्न छाडिदिन्छु

तिम्रो दिलमा अफिस बनाई जब गर्न मन छ ।

एकान्तमा सँगै बसी गोदावरीको चौतारीमा

लाज भगाइ मात्तिएका गफ गर्ने मन छ ।

ठाउँ ठूलो चाहिँदैन तिम्रो मुटुको एक कुना देऊ

त्यै मुटुको हरेक चालमा धकधक गर्न मन छ ।

स्वीकारिदेऊ मेरो प्यार आउँछु घरमै सिउँदो भर्न

बोलाई साथी घरमै पार्टी गजब गर्न मन छ ।

के साँच्चै तिमीलाई मेरो याद आएको छैन ?

सेटिङ डेटिङ मया प्रेम सब गर्न मन छ

मलाई पनि आजकाल किन लब गर्न मन छ

फूर्ती लाउँछन् सबैजना यस्तो उस्तो भनि

आखिर मायामा हुन्छ के अनुभव गर्न मन छ ।

के जानु खै (अफिस), कामै गर्न छाडिदिन्छु

तिम्रो दिलमा अफिस बनाई जब गर्न मन छ ।

एकान्तमा सँगै बसी गोदावरीको चौतारीमा

लाज भगाइ मात्तिएका गफ गर्ने मन छ ।

ठाउँ ठूलो चाहिँदैन तिम्रो मुटुको एक कुना देऊ

त्यै मुटुको हरेक चालमा धकधक गर्न मन छ ।

स्वीकारिदेऊ मेरो प्यार आउँछु घरमै सिउँदो भर्न

बोलाई साथी घरमै पार्टी गजब गर्न मन छ ।