मुक्तक

सुन न ! मैले मेरो खुसीको लागि लेखेको हो

तिमीलाई पनि मन पर्नु त्यो अलग कुरा हो

बद्लिन सक्छ

एउटै वस्तुको प्रयोग फरक तरिकाले गरिन सक्छ

गर्मीमा च्यापिने सिरक नै जाडोमा खप्टिन सक्छ

नसोच्नु ऊ त्यहाँ पुगेपछि अवश्य बदलाव आउँछ

त्यहाँको हावापानीले उसलाई नै बद्लिन सक्छ

औकात देखाइदिन्छ

नहुँदा साथमा ऊ दुनिया लात देखाइदिन्छ

हुँदा साथ उसको सबको साथ देखाइदिन्छ

पैसा ठूलो होइन भनि जति नै गफ लाएपनि

म नै हुँ ठूलो भनि पैसा औकात देखाइदिन्छ


उमेरैले होला

मनमा के के कुरा जाग्छ, उमेरैले होला

जो देख्यो उही राम्री लाग्छ, उमेरैले होला

एउटी मात्र सजाएर राख्न भन्छु दिललाई
उनीहरू सबैलाई राख्छ, उमेरैले होला ।

ढुक्क भएर बस

पिर नगर मेरी प्यारी, ढुक्क भएर बस

गर्दै गर बिहेको तयारी, ढुक्क भएर बस

भर लागेन मेरो भने घरमा सोध्दा हुन्छ

भन्नुहुन्छ तिम्लाई बुहारी, ढुक्क भएर बस।

छौ त कोही ?

सँगै जीवनका हर पाइला चाल्न सक्ने

हाँस्दा हाँसिदिने रुँदा फकाउन सक्ने

सुन त ! म लास्टै बिग्रिएछु आजकाल

छौ त कोही  मलाई सम्हाल्न सक्ने ?


मिल्दैन रे

यस्तै भन्छन् अरुसँग बुझ्दा, मिल्दैन रे

लडे नि जति नै कानुनी यद्ध, मिल्दैन रे

तिम्लाई सम्हाल्ने सजाय पाउने मन्थियो

हाल्न यो दिल  चोर्दैमा मुद्दा, मिल्दैन रे

किन होला यस्तो ?

यो ध्यान उनीतिरै भाग्छ, किन होला यस्तो ?

त्यो पनि हो सही झैँ लाग्छ, किन होला यस्तो ?

हिजो दिनभर सँगै बस्या उसको नाम याद छैन

उनको नामथर घर याद छ, किन होला यस्तो ?


गाह्रो पर्ला फेरी

साथीभाई सबले सुन्छन्, गाह्रो पर्ला फेरी

भित्ताको नि कान हुन्छन्, गाह्रो पर्ला फेरी

नपोस्ट्याऊ न तिम्रो मेरो तस्विर जताततै

तिम्रा बाऊले घरमै थुन्छन्, गाह्रो पर्ला फेरी