लौ स्वागत छ है😍

अवश्य हुनेछ

सम्बन्ध केही माथिल्लो तल्लो अवश्य हुनेछ
टिलपिल आँखा वल्लो पल्लो अवश्य हुनेछ
तिमीबिना बाँच्दिन यस्तो झुट त म बोल्दिन
तिमी नहुँदा जीवन खल्लो अवश्य हुनेछ

अस्वीकार हुनेछैन

तिमी नै हुनेछौ दिलमा अरू दुईचार हुने छैन
सधैँ खुसी नहोला तर दुःखको बहार हुने छैन
मन पराउँछु तिमीलाई भन्न मलाई डर लाग्छ
राखी हेर प्रस्ताव तिमीले अस्विकार हुने छैन